वीरगञ्ज– नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy को आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले वीरगञ्जमा नयाँ Ather Experience Center सञ्चालनमा ल्याएको छ। आदर्शनगरस्थित उक्त केन्द्र बिहीबारदेखि गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको हो।
कम्पनीका अनुसार नयाँ केन्द्र सञ्चालनसँगै देशभर रहेका Ather Experience Center को संख्या १२ पुगेको छ। काठमाडौं उपत्यकाका पाँच केन्द्रका साथै पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्जमा कम्पनीको उपस्थिति विस्तार भएको छ।
नयाँ केन्द्रमार्फत मधेश प्रदेशका ग्राहकले Ather का अत्याधुनिक तथा उच्च प्रदर्शनयुक्त विद्युतीय स्कुटरहरू सहज रूपमा अवलोकन तथा खरिद गर्न सक्नेछन्। केन्द्रमा कम्पनीको लोकप्रिय Ather 450 Series र परिवारमैत्री Ather Rizta उपलब्ध रहने जनाइएको छ।
Ather 450 Series मा Google Maps आधारित नेभिगेसन, AutoHold, Reverse Mode, विभिन्न Ride Modes तथा टचस्क्रिन ड्यासबोर्ड जस्ता स्मार्ट सुविधा रहेका छन्। त्यस्तै Ather Rizta मा फराकिलो सिट, ठूलो स्टोरेज, Traction Control, WhatsApp Notification तथा सुरक्षा केन्द्रित विभिन्न प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ।
ग्राहकहरूले नयाँ केन्द्रमा स्कुटरहरूको प्रत्यक्ष अवलोकन, उत्पादन प्रदर्शन, टेस्ट राइड तथा फाइनान्सिङ र एक्सचेन्ज योजनाबारे जानकारी प्राप्त गर्न सक्नेछन्। कम्पनीले बिक्रीपछिको सेवा सुदृढ बनाउन देशभर १० वटा अधिकृत सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको जनाएको छ।
Ather Nepal ले ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी प्रदान गर्दै आएको छ। साथै देशभर विद्युतीय सवारीसाधनको पूर्वाधार विस्तार गर्ने उद्देश्यले ४० भन्दा बढी Ather Grid Fast Charging Points सञ्चालनमा ल्याएको कम्पनीको दाबी छ।
नयाँ केन्द्र उद्घाटनको अवसरमा असार १२ गतेसम्म विशेष अफर पनि सार्वजनिक गरिएको छ। यस अन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशतसम्म ब्याजदरमा फाइनान्सिङ सुविधा तथा एक्सचेन्ज गर्दा ८ हजार रुपैयाँसम्म अतिरिक्त मूल्याङ्कन लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ।
वैद्य इनर्जी प्रालि नेपालका लागि Ather को आधिकारिक तथा एकमात्र वितरक हो। कम्पनीले स्वच्छ, दिगो तथा प्रविधिमैत्री यातायातलाई प्रवर्द्धन गर्दै देशभर विद्युतीय गतिशीलताको विस्तारमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।



























































