चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले जनताप्रति गरिएको प्रतिबद्धता पूरा गर्ने महत्वपूर्ण अवसरलाई चुकाउन नहुने बताएका छन्।
चितवनमा आइतबार आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले रास्वपाले कसैलाई हराउन वा पुरानो पुस्तासँग संघर्ष गर्न नभई देशलाई जिताउने उद्देश्यका साथ अघि बढिरहेको स्पष्ट पारेका छन्।
उनले अहिलेको चुनौतीपूर्ण अवस्थालाई राजनीतिक नेतृत्वको कमजोरीसँग मात्र जोडेर हेर्न नहुने भन्दै वर्तमान संविधान र संरचनागत व्यवस्थामा सुधार आवश्यक रहेको धारणा राखेका छन्। उनका अनुसार राष्ट्रलाई अघि बढाउन राष्ट्रिय सहमति र सहकार्य अपरिहार्य छ।
अध्यक्ष लिङ्देनले रास्वपाले सरकारको कामकारबाहीको समर्थन वा आलोचना दुवै जिम्मेवारीपूर्वक गर्ने उल्लेख गर्दै गलत कामको जवाफदेहिता अनिवार्य हुने बताएका छन्।
पार्टीले उठाएको एजेन्डा कार्यान्वयन गर्न अब अवसर आएको भन्दै उनले संगठनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।



























































