काठमाडौं- चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेकपा नेपाली कम्युनिस्ट पार्टी का नेता पूर्व प्रधानमन्त्री पुनले सुशासन, परिवर्तन र समाज रूपान्तरणको मुद्दामा रास्वपालाई आफ्नो समर्थन रहेको बताएका छन्।
नेता पुनले रास्वपा उठाइरहेको सुशासन र पारदर्शिताको एजेन्डा सकारात्मक रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, न्याय र जवाफदेहिताको पक्षमा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
उनले विधि र संविधानको दायराभित्र रहेर राजनीतिक अभ्यास अघि बढाउनुपर्नेमा जोड दिँदै रास्वपा नेतृत्वले उठाइरहेको सुधारको प्रयासप्रति विश्वास व्यक्त गरेका छन्। साथै, उनले दलहरू सुदृढ भए मात्र लोकतन्त्र बलियो हुने भन्दै बहुमतले विनम्रता र अल्पमतले धैर्यता अपनाउनुपर्ने बताएका छन्।



























































