काठमाडौं- ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आयोजना गरेको IELTS पार्टनर समिट २०२६ मा उत्कृष्ट कार्यसम्पादन गर्ने IELTS साझेदार संस्थाहरूलाई सम्मान गरेको छ। नेपाली विद्यार्थी तथा पेशाकर्मीलाई अन्तर्राष्ट्रिय शिक्षा, रोजगारी र आप्रवासनका अवसरसम्म पहुँच विस्तार गर्न योगदान पुर्‍याएका संस्थाहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो।


ADVERTISEMENT


समिटमा ब्रिटिस काउन्सिल र साझेदार संस्थाबीचको सहकार्य, अन्तर्राष्ट्रिय शैक्षिक अवसरमा पहुँच विस्तार तथा IELTS on Computer सेवाको विस्तारबारे छलफल भएको थियो। कार्यक्रममा कम्प्युटरमार्फत IELTS परीक्षा सञ्चालनले परीक्षार्थीलाई अझ सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।


ADVERTISEMENT

# # #


कार्यक्रममा अर्बिट मेडिकल इन्ट्रान्स प्रालि प्लाटिनम पार्टनर अवार्ड, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (ECAN) टप एसोसिएसन अवार्ड तथा KIEC Learning Center गोल्ड अवार्डबाट सम्मानित भएका छन्। साथै अन्य उत्कृष्ट साझेदार संस्थाहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको ब्रिटिस काउन्सिल नेपालले जनाएको छ।