काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नागरिक अधिकार र नागरिक स्वतन्त्रतामाथि हस्तक्षेप बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शुक्रबार विराटनगरमा आयोजित कोशी मिडिया सम्मेलनको उद्घाटन गर्दै उनले बोल्ने, लेख्ने र विरोध गर्न पाउने संवैधानिक अधिकारमाथि चुनौती देखिन थालेको बताएका छन्।


ADVERTISEMENT


मुख्यमन्त्री कार्कीले नागरिक स्वतन्त्रता कमजोर भए लोकतन्त्र नै संकटमा पर्ने उल्लेख गर्दै सत्य र तथ्यका पक्षमा पत्रकारहरूले अझ सशक्त रूपमा आवाज उठाउनुपर्ने आवश्यकता औँल्याएका छन्।


ADVERTISEMENT

# # #


नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आयोजित सम्मेलनमा सञ्चारमाध्यमको वर्तमान अवस्था, निजी सञ्चारमाध्यमबाट सरकारी सन्देश हटाउँदा परेको प्रभाव तथा पत्रकारहरूको सुरक्षा लगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्षहरू शिव गाउँले, डा महेन्द्र विष्ट र विष्णु निष्ठुरी लगायतलाई पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ।