काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा विपिन आचार्य ६७३ मत प्राप्त गर्दै महामन्त्रीमा निर्वाचित भएका छन्।


ADVERTISEMENT


निर्वाचित भएपछि आचार्यले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै आफू कुनै समूह वा गुटको नभई सम्पूर्ण पार्टीको महामन्त्रीका रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।


ADVERTISEMENT

# # #


उनले महाधिवेशनले रास्वपालाई थप संस्थागत, पारदर्शी र लोकतान्त्रिक बनाउने विश्वास व्यक्त गरे।

पराजित उम्मेदवार मानिष झाले निर्वाचन परिणामलाई स्वीकार गर्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने उद्देश्यले आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए। उनले रास्वपामा पुराना दलजस्तै गुटबन्दी र टिके प्रथाले स्थान नपाओस् भन्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

आचार्यले आगामी दिनमा पार्टीलाई अझ पारदर्शी, विधिसम्मत र नागरिकप्रति उत्तरदायी बनाउने दिशामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।