काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा हरि ढकाल, असिम शाह र निशा डाँगी सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
सार्वजनिक मतपरिणामअनुसार खुला सहमहामन्त्रीतर्फ असिम शाहले ४७१ मत र हरि ढकालले ४१० मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। दुवै नेताले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै सहमहामन्त्री पदमा स्थान सुरक्षित गरेका हुन्।
त्यस्तै, महिला सहमहामन्त्री पदमा निशा डाँगी ७३७ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनले आफ्नी प्रतिस्पर्धीभन्दा उल्लेखनीय मतान्तरका साथ विजय हासिल गरेकी हुन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया जारी छ। यसअघि उपसभापति र महामन्त्री पदको नतिजा सार्वजनिक भइसकेको छ भने अन्य पदहरूको मतगणना तथा परिणाम पनि क्रमशः सार्वजनिक भइरहेको निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमार्फत पार्टीले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।



























































