काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा ‘एमडीज कप फुटसल टुर्नामेन्ट–२०८३’ आयोजना गरेको छ।


ADVERTISEMENT


काठमाडौंस्थित धन्वन्तरी फुटसल मैदानमा सम्पन्न प्रतियोगितामा बैंकका सातै प्रदेश तथा केन्द्रीय कार्यालयका १५० भन्दा बढी कर्मचारीको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामार्फत कर्मचारीबीच आपसी समन्वय, सहकार्य, टीमवर्क र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


कार्यक्रममा व्यवस्थापन टोली र महिला टोलीबीच प्रदर्शनी खेलसमेत आयोजना गरिएको थियो। समापन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्दलगायत उच्च व्यवस्थापनका पदाधिकारीको उपस्थिति रहेको छ।

विजेता तथा सहभागी टोलीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै बैंकले यस्ता खेलकुद गतिविधिले कर्मचारीबीचको एकता, सहकार्य र संस्थागत संस्कृतिलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ।