काठमाडौं – प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित प्रभु बैंकको कार्यालयमा आयोजित कार्यक्रममा शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यसहित डिजिटल बोर्ड हस्तान्तरण गरिएको हो। बैंकले यस सहयोगले डिजिटल शिक्षण तथा सिकाइ प्रक्रियालाई थप प्रभावकारी, अन्तरक्रियात्मक र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।


ADVERTISEMENT

# # #


हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्र बाबु विष्ट, मार्केटिङ म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्राध्यापक भवानी शंकर आचार्य, डा.सुनिता भण्डारीलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रभु बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

हाल बैंकले देशभर रहेका ३०० शाखा कार्यालय, २६५ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ।