काठमाडौं – नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ हजार २०० रुपैयाँ र चाँदी प्रतीतोला १८० रुपैयाँले बढेको हो।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार ५०० सय रुपैयाँमा कारोबार भएको छ। बुधबार सुन तोलामा दुई लाख ७७ हजार ३०० सय रुपैयाँ किनबेच भएको थियो।


ADVERTISEMENT

# # #


त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी तोलामा चार हजार २७० रुपैयाँमा कारोबार भएको थियो।