काठमाडौं – स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा ७ हजार २०० र चाँदी रु १६५ रुपैयाँले बढेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ६१५ कायम भएको छ ।


ADVERTISEMENT

# # #


हिजो बिहीबार छापावाल सुुन प्रतितोला २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४५० कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।