काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेड सिङ्गापुरस्थित एशियन बैंकिङ एण्ड फाइनान्स (ABF) द्वारा प्रदान गरिने बैंकिङ अवार्ड–२०२६ अन्तर्गत चार विधामा सम्मानित भएको छ।


ADVERTISEMENT


बैंकका अनुसार होलसेल बैंकिङ अवार्ड–२०२६ अन्तर्गत ‘Nepal Domestic Liquidity Management Bank of the Year’ र ‘Nepal Domestic Trade Finance Bank of the Year’ तथा रिटेल बैंकिङ अवार्ड–२०२६ अन्तर्गत ‘Domestic Retail Bank of the Year – Nepal’ र ‘SME Bank of the Year – Nepal’ उपाधिबाट बैंक सम्मानित भएको हो।


ADVERTISEMENT

# # #


बैंकले प्राप्त यी अन्तर्राष्ट्रिय सम्मानले होलसेल तथा रिटेल बैंकिङ सेवामा तरलता व्यवस्थापन, व्यापार वित्त (ट्रेड फाइनान्स), उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको जनाएको छ।

यस अवसरमा बैंकले आफ्ना सेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै प्राप्त सम्मानले सेवा अझ सुदृढ बनाउन र नेपालको आर्थिक विकास तथा समृद्धिमा थप योगदान पुर्‍याउन प्रेरणा मिलेको जनाएको छ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।