काठमाडौं- दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘७.७ महाबचत बजार’ अभियान सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अभियानअन्तर्गत ग्राहकहरूले ७५ प्रतिशतसम्म छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा अतिरिक्त छुट, निःशुल्क डेलिभरी तथा आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।
दराजका अनुसार ‘७.७ महाबचत बजार’ अभियान असार २२ गते बेलुका ८ बजेदेखि सुरु हुनेछ। अभियान अवधिभर विभिन्न श्रेणीका उत्पादनमा ७५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ भने करिब ५० लाख रुपैयाँ बराबरका भौचर पनि वितरण गरिनेछ।
कम्पनीले एमडब्लूसी, मसलब्लेज, प्लम, हान्सा, पिलग्रिम, ब्रान्डहाउस, सुजुकी, कोसआरएक्स, एङ्कर, एम्पर्स्यान्ड, मारिको, पी सेफ, फ्यान्टेक, रोटो लगायतका लोकप्रिय ब्रान्डका उत्पादनमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै दराजले ईसेवासँग सहकार्य गरेको छ। ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकले ब्रान्ड रश अवधिमा १२ प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) तथा नियमित किनमेलमा १० प्रतिशतसम्म (अधिकतम १,००० रुपैयाँ) छुट प्राप्त गर्न सक्नेछन्।
अभियानलाई थप आकर्षक बनाउन कम्पनीले मेगा गिभअवे र दैनिक गिभअवे पनि सञ्चालन गर्ने जनाएको छ। मेगा गिभअवेअन्तर्गत तीन जना भाग्यशाली ग्राहकले Nothing Phone (4a), Motorola Moto G96 5G र AI+ Pulse 2 स्मार्टफोन जित्ने अवसर पाउनेछन्। त्यस्तै, दैनिक गिभअवेमा विभिन्न ब्रान्डका आकर्षक उपहार पनि प्रदान गरिनेछ।
कम्पनीका अनुसार दराजमा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गरी न्यूनतम ५ हजार रुपैयाँको खरिद गर्ने ग्राहक स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुनेछन्। दैनिक विजेताको घोषणा अभियान अवधिभर प्रत्येक दिन दिउँसो ३ बजे दराज नेपालको टिकटक च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
दराजले ‘७.७ महाबचत बजार’ अभियानलाई यस वर्षकै सबैभन्दा ठूलो र लाभदायक अनलाइन किनमेल अभियानमध्ये एक बनाउने लक्ष्य लिएको जनाएको छ।



























































