काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा २ हजार ४०० रुपैयाँ र चाँदी रु १६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँका कारोबार भइरहेको छ । हिजो छापावाल सुुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेर प्रतितोला चार हजार ३४० रुपैयाँका कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला चार हजार ५०० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



























































