काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले राष्ट्रिय सहमति बिना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न नसक्ने स्पष्ट पारेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बिशेष समय माग गरेर बोल्दै नेकपा सांसद प्रमेश हमालले संविधान संशोधनका लागि सरकार एकपक्षीय ढंगले अघि बढ्न खोजेको भन्दै राष्ट्रिय सहमति बिना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न नसक्ने बताएका हुन् ।
अहिले संशोधनको दस्ताबेज बनाउनका लागि तयार गरिएको कार्यदल अपारदर्शी र त्रुटिपूर्ण रहेको भन्दै र यसले संविधानको मर्ममाथि नै प्रश्न उठाउन खोजेको आरोप लगाए । अहिलेको अवस्थामा नेकपा उक्त कार्यदलबाट अलग हुने उहाले बताए ।
उनले सरकारका कामकारबाहीहरू पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिए । नेता हमालले सरकारले सुशासनको प्रचार गरे पनि यसका गतिविधिहरू प्रतिशोधपूर्ण र तर्साउने खालका भएको आरोप लगाए । हमालले दलाई लामाको जन्मोत्सव नागार्जुन नगरपालिकाको कुनै एउटा विद्यालयमा सम्पन्न भएको र विदेशी कूटनीतिज्ञहरु पनि सहभागी भएको समाचार आइरहेको भन्दै यसमा सरकारको धारणा माग गरे । उनले एक चीन नीति र असंलग्न परराष्ट्र नीतिका बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताए । साथै सांसद हमालले



























































