काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला नवीकरणीय ऊर्जा क्षमताहरूलाई उपयोग गर्न सवै क्षेत्रसंग सहकार्य गर्न सरकार तयार रहेको बताएको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आयोजित दक्षिण एसियामा ऊर्जा आबद्धता बिषयक कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल आफ्ना ठूला नवीकरणीय ऊर्जा क्षमताहरूलाई उपयोग गर्न छिमेकी मुलुकहरू, अन्तर्राष्ट्रिय साझेदारहरू र निजी क्षेत्रसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताएका हुन् । उनले निरन्तर क्षेत्रीय सहयोग सुदृढ गर्न, नियामक सद्भाव प्रवद्र्धन गर्न र सीमापार ऊर्जा आदानप्रदानका लागि सहज वातावरण तयार गर्न काम गरिरहेको धारणा राखे ।


ADVERTISEMENT

# # #


युरोपेली अनुभवहरूलाई दक्षिण एसियाली सन्दर्भमा ग्रिड सुदृढीकरण, बजार नियमन, बजार मञ्च र लगानी परिचालन जस्ता क्षेत्रहरूमा आत्मसात गर्न उत्सुक रहेको उनले बताए ।