काठमाडौं- प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेबीच आइतबार चार घण्टाभन्दा बढी समय छलफल भएको छ।
प्रधानमन्त्री शाह बिहान करिब ११;१५ बजे बूढानीलकण्ठस्थित लामिछानेको निवास पुगेका थिए। उनी दिउँसो करिब ३स्१५ बजे मात्र त्यहाँबाट बाहिरिएका थिए। चार घण्टाभन्दा बढी समय चलेको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
स्रोतका अनुसार भेटमा सुकुम्बासी समस्या समाधान, समसामयिक राजनीतिक परिस्थिति तथा रास्वपाको संगठन विस्तारलगायत विषयमा छलफल भएको छ। हालै चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनपछि मनोनयन हुन बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यका विषयमा पनि दुई नेताबीच कुराकानी भएको बताइएको छ।
यद्यपि, भेटवार्ताबारे प्रधानमन्त्री शाह वा सभापति लामिछानेको सचिवालयले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। लामो समयसम्म चलेको छलफलका कारण यसको विषयवस्तु र सम्भावित राजनीतिक प्रभावबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।



























































