काठमाडौं- काठमाडौंका बिभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर शंकास्पद पार्किङ गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


काठमाडौंको तीनकुनेस्थीत कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थीत हिमालयन टेलिभिजन, नयाँ बानेश्वरस्थीत अनलाइनखबर मिडिया हाउसबाहिर सडक नै अवरुद्ध हुने गरि शंकास्पद रुपमा पार्किङ गरिएका गाडीहरुलाई प्रहरीले क्रेन प्रयोग गरेर प्रहरीले उठाएको छ भने अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर राखिएको गाडी भने प्रहरीले साँचो प्रयोग गरेर चलाएर लगेको छ ।


ADVERTISEMENT

# # #


उक्त गाडीहरुले कसले र के प्रयोजनका लागि राखेको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच सञ्चारगृह बाहिर शंकास्पद पार्किङ गरिएका सवारी साधन भेटिएपछि नेपाल पत्रकार महासंघले सञ्चारगृहमा पुगेर छलफल गरेको छ ।

मध्यबानेश्वरस्थीत हिमालयन टेलिभिजनमा पुग्नुभएका महासघका अध्यक्ष निर्मला शर्माले सञ्चारमाध्यम र पत्रकारहरुलाई त्रसित गराउने मनसायबाट भएको घटनाको छानविन हुनुपर्ने बताए ।

राज्यले नै सञ्चारमाध्यमलाई अंकुश लाउने काम गरेको उनले आरोप लगाए । अध्यक्ष शर्माले अहिलेको घटनामा राज्य नै संलग्न भएको आशंका गरेका छन् ।