विराटनगर – कोशी अस्पतालले विराटनगर वडा नं. ७ स्थित आफ्नो जग्गामा बनेका भौतिक संरचनाहरु खाली गराएको छ ।


ADVERTISEMENT


सोमबार प्रहरी प्रशासनको उपस्थितिमा तीन वटा डोजर चलाएर अस्पतालको जग्गामा बनेका ३२ वटा शटरहरु भत्काएको छ । शटरहरु भत्काएपनि भौतिक संरचनामा भने कुनै क्षति पु¥याइएको छैन । नेपाल रेडक्रस सोर्साईटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले भाडामा लगाएका सटरहरुको शटर मात्र भत्काइएको कोशी अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. चन्द्रभाल झाले जानकारी दिए । उनले करिब १० कट्ठा जग्गामा गुरुयोजना अनुसार घेराबेरा लगाउने तयारी गरिएको बताए ।


ADVERTISEMENT

# # #


कोशी अस्पतालले असार ५ गते नै १५ दिने सूचना जारी गरी अस्पतालको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु भत्काउन आग्रह गरेको थियो । तर जग्गा खाली नगरिएपछि अषाढ २१ गते गृह मन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले स्थलगत निरीक्षण गरी ७ दिने अल्टिमेटम दिएपछि जग्गा खाली गराउने प्रक्रिया शुरु भएको थियो ।