ललितपुर- अविरल वर्षाका कारण हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्दै यात्रुको सुरक्षालाई प्राथमिकता दिई कान्तिलोकपथमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।


ADVERTISEMENT


जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार मनसुन सक्रिय भएसँगै बाढी, पहिरो तथा सडक भासिने जोखिम उच्च भएकाले स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म कान्तिलोकपथमा यातायात सञ्चालन स्थगित गर्ने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


एसपी मिश्रले अविरल वर्षाका कारण बाढी, लेदो र सडक क्षतिग्रस्त हुने घटना बढ्दै गएको उल्लेख गर्दै यात्रु तथा सवारी चालकलाई अत्यन्त सावधानी अपनाउन आग्रह गरेका छन्।
नेपाल प्रहरी र सडक विभागले अति आवश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे अनिवार्य रूपमा सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेका छन्।

प्रशासनले अर्को सूचना जारी नभएसम्म कान्तिलोकपथ हुँदै यात्रा नगर्न सबैमा आग्रह गरेको छ।