काठमाडौं – नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले कानुनको कार्यान्वयन गर्दा राज्ले नागरिकको बास, परिवारको सुरक्षा, बालबालिकाको भविष्य र मानवीय मर्यादालाई बेवास्ता गर्न नमिल्ने बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा सांसद नेम्वाङले सुकुम्बासीहरुको पुनस्र्थापनामा गम्भीर हुन आग्रह समेत गरे ।


ADVERTISEMENT

# # #


उनले सरकारले भूमिहिन, सुकुम्वासीलाई राहत, अस्थायी व्यवस्थापन र धनीपुर्जा वितरण गर्ने प्रक्रिया सुरु गर्नु सकारात्मक भएपनि प्रभावकारी हुन नसकेको धारणा राखे । संसदीय समितिको अनुगमनका क्रममा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूले सरकारप्रति ठुलो भरोसा देखाएपनि अहिले उक्त भरोसा टुट्टै गएको उनले बताए ।

उनले वास्तविक भूमिहीन र जोखिममा रहेका नागरिकको स्पष्ट पहिचान गरी सुरक्षित आवास, रोजगारी, स्वास्थ्य र शिक्षा सहितको समयसिमाबद्ध पुनस्र्थापना योजना समितिमा पेस गर्न माग गरे ।

त्यस्तै सांसद नेम्वाङले होल्डिङ सेन्टरमा रहेका नागरिकका विषयलाई औपचारिकता र अनुगमनमा मात्र सीमित नराखी, उनीहरुका लागि भएका कामहरु समितिको हरेक बैठकमा जानकारी गराउने व्यवस्था गर्न पनि आग्रह गरे ।