काठमाडौं- नेपाल टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनः कम्पनीको प्रबन्ध निर्देशक पदमा बहाल भएकी छिन्।


ADVERTISEMENT


उनीमाथि लागेको अनियमिततासम्बन्धी आरोपमा विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट निलम्बन फुकुवा गर्दै पुनर्बहाली गरिएको हो।


ADVERTISEMENT

# # #


पदबहालीपछि आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले कर्मचारीहरूलाई संस्थाको तथा देशको हितलाई केन्द्रमा राखेर निष्ठापूर्वक काम गर्न आग्रह गरिन्। उनले इमानदारीपूर्वक काम गर्न कसैले पनि डराउन नपर्ने बताइन्।

अर्यालले विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रम अन्ततः हटेको तथा सत्य स्थापित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिको अवधिमा संस्थालाई कुशल नेतृत्व र निरन्तर सहयोग पुर्‍याउने सम्पूर्ण कर्मचारी तथा व्यवस्थापन टोलीप्रति आभार व्यक्त गरिन्।

उनले आगामी दिनमा नेपाल टेलिकमलाई अझ प्रभावकारी, प्रतिस्पर्धी र सेवामुखी संस्थाका रूपमा अघि बढाउन सबै कर्मचारीको सक्रिय सहयोग आवश्यक रहने धारणा पनि व्यक्त गरिन्।