काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसजगतलाई तर्साउने प्रयास गरेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद परियारले देशका अग्रणी सञ्चार माध्यमका गेटमा गाडीहरू पार्किङ गरेर सञ्चार गृहलाई तर्साउने कुत्सित प्रयास गरिएको भन्दै निन्दा समेत गरेका छन् ।
उनले सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्ने भन्दै सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नु जस्तै भएको उल्लेख गरेका छन् ।
अहिले आफुहरु सत्तामा रहेको भन्दैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस भन्दै उनले रास्वपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा र पत्रकारको रक्षाको पक्षमा रहेको स्पष्ट पारेका छन् ।
उनले ज्ञानेन्द्र शाहको निरंकुश शासनसंग नझुक्ने प्रेस सडकमा दुई चार ओटा गाडी तेस्र्याएर नतर्सिने उल्लेख गरेका छन् ।



























































