काठमाडौँ- रसुवामा आएको विनाशकारी बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण करिब ४ सय कन्टेनर तथा ट्रक बगाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।


ADVERTISEMENT


भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवागढी नाका तथा आसपासका क्षेत्रमा पार्किङ गरेर राखिएका कन्टेनर र मालवाहक ट्रकहरूलाई समेत बगाएको हो। बाढीको तीव्र बहावका कारण ठूलो संख्यामा सवारीसाधन नदीमा खसेका तथा क्षतिग्रस्त भएका छन्।


ADVERTISEMENT

# # #


बाढीले सडक, पुल, विद्युत् संरचना तथा व्यापारिक पूर्वाधारमा समेत व्यापक क्षति पुर्‍याएको छ। सीमावर्ती क्षेत्रमा रहेका व्यापारिक सामग्री तथा पूर्वाधारमा भएको क्षतिको पूर्ण विवरण भने अझै संकलन भइरहेको छ।

विनाशकारी बाढीपछि रसुवाको सडक तथा यातायात सेवा प्रभावित बनेको छ। बाढी र पहिरोका कारण विभिन्न स्थानमा आवतजावत अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा समेत चुनौती देखिएको छ।

प्रशासन तथा सुरक्षा निकायले प्रभावित क्षेत्रमा उद्धार र क्षति विवरण संकलनको काम जारी राखेका छन्। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको वास्तविक विवरण थप आउन बाँकी रहेको जनाइएको छ।