काठमाडौं –नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले सरकार जनताका मूल मुद्दाहरूभन्दा सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका हुन् ।
उनले अहिलेको जनताको चाहना भौतिक पूर्वाधारको विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय भएको धारणा राखेका छन्। सांसद शाहीले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देशलाई बिकास नभइ बर्बादीतर्फ लैजाने बताएका छन् ।
सांसद शाहीले प्रतिपक्षले उठाएका विषयहरूलाई आलोचना रुपमा हेरेर प्रतिरोधमा उत्रनुभन्दा सरकारले काम गरेर जबाफ दिनुपर्ने उल्लेख गरेका छन्।
सरकारको अपरिपक्व कार्यले जनतामा सरकारप्रति अविश्वास बढ्दै गएको उनको भनाइ छ ।



























































