काठमाडौं- वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले सन सेक्युरिटिज प्रा।लि ले निःशुल्क १० दिने अनलाइन शेयर तालिम सञ्चालन गर्ने भएको छ।


ADVERTISEMENT


कम्पनीका अनुसार काठमाडौँ बाहिर तथा नेपाल बाहिर बसेर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गरी सञ्चालन हुने तालिम गुगल मिटमार्फत दैनिक साँझ ७:३० बजेदेखि ९:०० बजेसम्म सञ्चालन हुनेछ।


ADVERTISEMENT

# # #


तालिममा शेयर बजारको आधारभूत विश्लेषण, संस्थागत लगानीकर्ता तथा फण्ड म्यानेजरले शेयर छनोट गर्ने विधि, लिभरेज मार्जिन कारोबार को प्रयोग र जोखिम व्यवस्थापन, नेपालमा उपलब्ध वित्तीय साधन, भ्यालु इन्भेष्टिङ र मल्टि–बैगर शेयर पहिचान गर्ने तरिका, लगानीमा आर्टिफिसियल इन्टेलिजेन्स एआई को प्रयोग तथा प्राविधिक विश्लेषण क्यान्डल, चार्ट, ट्रेन्ड र विभिन्न इन्डिकेटर लगायतका विषय समेटिनेछन्।

त्यसैगरी, वर्तमान बजार परिवेशमा लगानीकर्ताले अपनाउनुपर्ने रणनीतिबारे अम्बिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा र सौगात पन्तको सहभागितामा प्यानल छलफल पनि आयोजना गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कार्यक्रमको उद्देश्य लगानीकर्ताको वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै शेयर बजारबारे व्यवहारिक र व्यावसायिक ज्ञान प्रदान गर्नु हो। कार्यक्रमको संयोजन विवेक अधिकारी र दिपकराज पन्तले गर्नेछन्।