काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।


ADVERTISEMENT


कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले KIOCH का अध्यक्ष डा. भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गरेका हुन्।


ADVERTISEMENT

# # #


बालबालिकालाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको KIOCH हाल नेपालमा आधुनिक बहु–विशेषज्ञ (मल्टी–स्पेसियालिटी) बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ। संस्थाले विशेषगरी बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार (ICU) सेवामा केन्द्रित भएर काम गरिरहेको छ।

रिलायबल नेपाल लाइफले यस सहयोगबाट बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, आवश्यक स्वास्थ्य पूर्वाधार विकास तथा भविष्यमा हजारौँ बालबालिका र उनीहरूका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।

कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। साथै, आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।