काठमाडौं – संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदका लागि सिफारिस भएका व्यक्तिहरूको सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले आयोगका दुई आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको सुनुवाइ साउन १२ गते तथा प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


समिति सभापति बोधराज श्रेष्ठका अनुसार प्रस्तावित पदाधिकारीका सम्बन्धमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको छ। प्राप्त उजुरी र सुझाव समितिका सदस्यलाई अध्ययनका लागि उपलब्ध गराइने र त्यसपछि निर्धारित मितिमा सुनुवाइ प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

यसअघि संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले मानबहादुर काकीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा। राजीव सुव्वा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्त नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।