काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशबहादुर अमात्य नियुक्त भएका छन्।


ADVERTISEMENT


सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्म साउन ११ गतेदेखि लागू हुने गरी अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


बीमा क्षेत्रमा अनुभवी व्यवस्थापकका रूपमा परिचित अमात्य हालै आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदबाट राजीनामा दिएर हिमालयन लाइफमा डीसीईओका रूपमा आबद्ध भएका थिए। कम्पनीमा प्रवेश गरेको छोटो समयमै उनले कार्यकारी नेतृत्वको जिम्मेवारी पाएका हुन्।

सञ्चालक समितिको निर्णयसँगै अब अमात्यले कम्पनीको दैनिक सञ्चालन, व्यावसायिक रणनीति तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन्। कम्पनीले उनको नेतृत्वमा सेवा विस्तार, संस्थागत सुशासन तथा व्यवसायिक वृद्धिलाई थप गति मिल्ने विश्वास व्यक्त गरेको छ।