काठमाडौं- बहुराष्ट्रिय कम्पनी हायर स्मार्ट होम ‘फर्चुन ग्लोबल ५००’ को सन् २०२६ को सूचीमा थप उक्लिन सफल भएको छ । जुलाई २८ मा सार्वजनिक गरिएको सूचीअनुसार कम्पनी १२ स्थान सुधार गर्दै ३७८ औँ स्थानमा पुगेको हो ।


ADVERTISEMENT


विश्वव्यापी बजारमा बलियो ब्रान्ड उपस्थिति, नवप्रवर्तन र कृत्रिम बुद्धिमत्ता ९एआई० प्रविधिको प्रभावकारी प्रयोगका कारण कम्पनीले यो उपलब्धि हासिल गरेको जनाएको छ । हायर स्मार्ट होम फर्चुन ग्लोबल ५०० सूचीमा लगातार नवौँ वर्ष समावेश हुँदै आएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीले हायर, कसार्टे, लिडर, जीई एप्लायन्सेज, फिसर एन्ड पेकेल, अक्वा र क्यान्डीजस्ता ब्रान्डमार्फत विश्वभर स्मार्ट होम तथा घरायसी उपकरणको क्षेत्रमा आफ्नो पहुँच विस्तार गरिरहेको छ ।

हायरका अनुसार उसका विभिन्न ब्रान्डले स्थानीय बजारको आवश्यकता अनुसार उत्पादन विकास र अनुसन्धानमा केन्द्रित भएर काम गरिरहेका छन् । उत्तर अमेरिकामा जीई एप्लायन्सेजले लगातार चार वर्षदेखि अग्रणी स्थान कायम राखेको छ भने युरोपेली बजारका लागि विकास गरिएको ‘एक्स११’ वासिङ मेसिनले २० भन्दा बढी देशमा १० लाखभन्दा बढी बिक्री हासिल गरेको छ ।

कम्पनीले दक्षिण–पूर्वी एसियामा समेत आफ्नो उत्पादन क्षमता विस्तार गर्दै नयाँ एयर कन्डिसनर उत्पादन केन्द्र स्थापना गरेको जनाएको छ । साथै, आन्तरिक कार्य प्रणालीलाई प्रभावकारी बनाउन कम्पनीले आफ्नै एआई मोडल र एकीकृत प्रविधि प्लेटफर्म विकास गरेको छ ।

हायरको ‘झि–शाओनेङ’ एआई डिजिटल असिस्टेन्टले ६० हजारभन्दा बढी प्रयोगकर्तालाई सेवा दिइरहेको कम्पनीले जनाएको छ । एआई प्रविधिको प्रयोगबाट उत्पादन विकास चक्र ३० प्रतिशतले छोटिएको, उत्पादन क्षमता २० प्रतिशतले वृद्धि भएको र सञ्चालन खर्च घटाउन सहयोग पुगेको दाबी गरिएको छ ।

कम्पनीका अनुसार एआईमा आधारित स्मार्ट होम प्रणालीमा हाल विश्वभर १३ करोडभन्दा बढी दर्ता भएका प्रयोगकर्ता छन् । प्रयोगकर्ता र एआईबीच वार्षिक ८६।१ अर्बभन्दा बढी पटक अन्तरक्रिया हुने गरेको छ ।

युरोमोनिटर इन्टरनेसनलले बिक्रीका आधारमा हायर स्मार्ट होमलाई विश्वकै अग्रणी स्मार्ट होम कम्पनीका रूपमा प्रमाणित गरेको छ । घरायसी उपकरण निर्माता कम्पनीबाट स्मार्ट होम प्रविधिको नेतृत्वदायी कम्पनीमा रूपान्तरण हुँदै गएको हायरले विश्व बजारमा आफ्नो प्रभाव थप विस्तार गर्दै लगेको जनाएको छ ।