काठमाडौँ –आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने प्रयोगकर्ताका लागि ‘१००% उपहार’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले आफूले तिरेको शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। यो योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र बुझाउन अनुरोध गरेको छ। तोकिएको समयभित्र शुल्क नतिरे साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्ने भएकाले समयमै नवीकरण गर्न आवश्यक रहेको जनाएको छ। खाता रोक्का भएपछि शेयर खरिद–बिक्री लगायत पूँजीबजारसम्बन्धी कारोबार प्रभावित हुन सक्छ।
हाल डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ र मेरोशेयरको ५० रुपैयाँ रहेको छ। प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले खल्तीले यो क्यासब्याक योजना ल्याएको जनाएको छ।
योजनाअनुसार खल्ती एपबाट MeroShare तथा DEMAT नवीकरण गर्ने प्रत्येक १५ दिनमा १०० जना विजेताले आफूले तिरेको नवीकरण शुल्क बराबरको शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्।
प्रयोगकर्ताले Khalti App खोलेर Financial Services अन्तर्गत MeroShare & Demat Renewal मा गई आफ्नो Depository Participant (DP) छनोट गर्ने, Client ID प्रविष्ट गर्ने, आवश्यक सेवा चयन गरी विवरण पुष्टि गरेपछि केही सेकेन्डमै सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्।
त्यस्तै, ब्रोकर वा Depository Participant (DP) को वेबसाइटबाट नवीकरण गर्ने प्रयोगकर्ताले पनि Khalti Payment Gateway मार्फत सहज रूपमा शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।
खल्तीले डिम्याट तथा मेरोशेयर नवीकरणलाई छिटो, सुरक्षित र सहज बनाउन एप र पेमेन्ट गेटवे दुवै माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। घरमै बसेर २४ घण्टा सेवा प्रयोग गरी नवीकरण शुल्क तिर्न सकिने भएकाले अन्तिम समय नपर्खी समयमै नवीकरण गर्न र ‘१००% उपहार’ योजनामा सहभागी हुन कम्पनीले आग्रह गरेको छ।



























































