काठमाडौं – पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ४ वटा शव फेला परेको छ ।


ADVERTISEMENT


स्थलमा खटिएको उद्धार टोलीले ब्रड पिकमा ४ वटा शव फेला पारेको पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले बताएका छन्।


ADVERTISEMENT

# # #


उनले इन्स्टाग्राममा पोस्ट गर्दै उद्धार टोलीले ४ वटा शव फेला पारेको जानकारी दिएका हुन्। तर, बीबीसीले यो विवरणको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।