काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।


ADVERTISEMENT


कम्पनीका अनुसार काफ्लेले वि.सं. २०७६ सालमा काठमाडौं शाखामार्फत ‘रिलायबल सुलभ जीवन बीमा योजना’ अन्तर्गत २० वर्षे अवधिको एक करोड रुपैयाँ बीमाङ्क भएको जीवन बीमा गरेका थिए। उक्त योजनासँगै उनले पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख रुपैयाँ बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए।


ADVERTISEMENT

# # #


केही समयअघि काफ्लेलाई पार्किन्सन रोग पार्किन्सन्स डिजिज देखिएको थियो। आवश्यक स्वास्थ्य परीक्षण तथा बीमा मापदण्डका आधारमा उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्न योग्य रहेको पुष्टि भएपछि कम्पनीले सोही सुविधाअनुसार ५० लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको जनाएको छ।

कम्पनीका अनुसार उक्त दाबी रकमसँगै बीमितले ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क छुट प्रिमियम वेभर सुविधा समेत प्राप्त गरेका छन्, जसअन्तर्गत भविष्यमा तिर्नुपर्ने बीमा शुल्कबाट उनी मुक्त हुनेछन्।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले छिटो, पारदर्शी र विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको जनाएको छ। कम्पनीले भविष्यमा पनि ग्राहक तथा उनीहरूका परिवारलाई कठिन परिस्थितिमा भरपर्दो आर्थिक सुरक्षा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।