एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि इरानसँग औपचारिक वार्ता सुरु हुने घोषणा गरेका छन्। साउदी अरब, संयुक्त अरब इमिरेट्स ९यूएई० र कतारको आग्रहपछि अमेरिका सम्भावित सैन्य कारबाही स्थगित गर्दै कूटनीतिक संवादलाई प्राथमिकता दिएको हो।


ADVERTISEMENT


जोइन्ट बेस एन्ड्र्युजतर्फ जाँदै गरेको एयर फोर्स वानमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले वार्ता हर्मज जलसन्धिको सुरक्षा र इरानको परमाणु निशस्त्रीकरणका विषयमा केन्द्रित हुने जानकारी दिए।


ADVERTISEMENT

# # #


उनले वार्ताबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गर्दै हर्मज जलसन्धि र परमाणु कार्यक्रमका विषयमा सहमति हुन सक्ने आशा व्यक्त गरे।

ट्रम्पका अनुसार इरानले पनि प्रस्तावित अमेरिकी सैन्य कारबाही रोक्न आग्रह गरेको थियो। उनले अमेरिका जुनसुकै बेला सैन्य कदम चाल्न सक्षम भए पनि सम्बन्धित मुलुकहरूको आग्रहलाई सम्मान गर्दै वार्तालाई प्राथमिकता दिएको बताए।

यसअघि शनिबार साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन वार्ता गर्दै इरानविरुद्धको सम्भावित सैन्य योजनाप्रति चासो र चिन्ता व्यक्त गरेका थिए।

इरान–अमेरिका तनाव बढिरहेका बेला पाकिस्तान, कतार, यूएई, टर्कीलगायत देशहरूले दुवै पक्षलाई संयमता अपनाउन र थप द्वन्द्वबाट जोगिन आग्रह गर्दै आएका छन्।