काठमाडौं – एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (Q4) वित्तीय विवरण सार्वजनिक गर्दै पहिलोपटक वार्षिक खुद नाफा ४ अर्ब रुपैयाँभन्दा माथि पुर्‍याएको जनाएको छ।


ADVERTISEMENT


बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा अघिल्लो वर्षको २ अर्ब ८५ करोड रुपैयाँको तुलनामा ४०.६ प्रतिशतले वृद्धि भई ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको छ।


ADVERTISEMENT

# # #


प्रभावकारी वासलत व्यवस्थापनका कारण बैंकको खुद ब्याज आम्दानी (NII) १७.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ सेवाको विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण खुद ट्रेडिङ आम्दानी ८९ प्रतिशतले वृद्धि भई ६८ करोड १४ लाख रुपैयाँ पुगेको छ।

बैंकका अनुसार पुँजी प्रतिफल (ROE) र सम्पत्ति प्रतिफल (ROA) मा समेत सुधार देखिएको छ। समीक्षा अवधिमा पुँजी प्रतिफल ११.५८ प्रतिशत र सम्पत्ति प्रतिफल १.०४ प्रतिशत कायम भएको छ।

बैंकले यी वित्तीय सूचकहरूले बैंकको सुदृढ वित्तीय अवस्था, प्रभावकारी व्यवस्थापन तथा दिगो व्यवसायिक वृद्धिलाई प्रतिबिम्बित गरेको जनाएको छ।