काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको धल्केबरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर निर्माण गर्ने योजना सरकारले हटाएको भन्दै प्रतिनिधिसभामा विरोध जनाएका छन्।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै सांसद यादवले धल्केबर मधेश प्रदेशको प्रमुख केन्द्र तथा राजमार्गको बीचभागमा पर्ने महत्वपूर्ण स्थान भएकाले त्यहाँ राष्ट्रियस्तरको ट्रमा सेन्टर आवश्यक रहेको उल्लेख गर्दै सरकार योजना कार्यान्वयनबाट पछि हटेको आरोप लगाएका छन्।


ADVERTISEMENT

# # #


उनले अघिल्लो सरकारले अघि बढाएको ट्रमा सेन्टर निर्माणको योजना परिवर्तन नगर्न आग्रह गर्दै सरकारबाट स्पष्ट जवाफ नआएसम्म मौन विरोध जारी राख्ने बताएका छन्।

सांसद यादवले लगातार मौन विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बस्न आग्रह गरेका थिए। तर उनले विरोध जारी राखेपछि सभामुखले धल्केबर ट्रमा सेन्टरसम्बन्धी उठेका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

यसक्रममा प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरूले पनि आ–आफ्नो स्थानबाट उठेर राष्ट्रिय महत्वको विषयमा ध्यानाकर्षण गराएका थिए भने सत्ता पक्षका केही सांसदहरूले त्यसप्रति आपत्ति जनाएका छन्।