काठमाडौं – राप्रपाकी सांसद खुश्बु ओलीले विगत ३५ वर्षमा हुन नसकेका काम गरेर उदाहरण प्रस्तुत गर्न सरकारलाई सुझाव दिएकी छन्।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले विगतका नेताहरूले के गरे भन्ने प्रश्न दोहोर्‍याउनुको सट्टा सरकारले आगामी ३५ वर्षमा गर्न नसकिएका काम सम्पन्न गरेर देखाउनुपर्ने बताइन्।


ADVERTISEMENT

# # #


उनले ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धि पुरानै समस्या भएकाले सरकारले समाधानमुखी नीति अवलम्बन गर्दै विद्युतीय चुलोमा लाग्ने भन्सार, विद्युत् महसुल तथा भ्याट हटाउनुपर्ने माग गरिन्।

त्यस्तै, स्वदेशमै रोजगारी र उद्यमलाई प्रोत्साहन दिने सरकारको नीतिसँग राइड सेयरिङ सेवामा करको भार कायम राख्नु विरोधाभासपूर्ण भएको उल्लेख गर्दै उक्त कर हटाउन आग्रह गरिन्।

सांसद ओलीले राजदूत नियुक्तिको प्रक्रिया पारदर्शी बनाउन पनि सरकारसँग माग गरिन्।

यसैबीच, सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको स्पष्ट अभिव्यक्ति नआएसम्म संसद्मा आफ्नो विरोध जारी रहने चेतावनी पनि उनले दिइन्।