काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँग हुने प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई अनिवार्य रूपमा सहभागी गराउन सभामुखबाट रुलिङ गर्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले प्रतिनिधिसभा नियमावलीअनुसार सञ्चालन हुने प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता सुनिश्चित गर्न सभामुखसँग रुलिङको माग गरेका हुन्।
उनले प्रधानमन्त्रीले नेपालका पनि भारतले धेरै ठाउँ मिचेको भन्ने अभिव्यक्ति दिएको विषयमा असन्तुष्टि जनाउँदै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन, स्पष्टिकरण दिन वा सभामुखबाट आवश्यक रुलिङ गर्न पुनः माग गरे।
सांसद दुलालले राष्ट्रिय स्वतन्त्र पार्टीका दलका नेता तथा प्रधानमन्त्रीले संसद्को नियम, मर्यादा र संसदीय अभ्यासको सम्मान गर्दै उदाहरणीय भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि व्यक्त गरे।


























































