काठमाडौं- काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी कार्य निरन्तर छ ।


ADVERTISEMENT


बेपत्ता पराजुली दम्पती खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी लगायत सुरक्षानिकायका प्रमुख आफै फिल्डमा खटिएका छन् । बुधबार साँझ करिब साढे ६ बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए ।


ADVERTISEMENT

# # #


सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयवासीहरूले खोजी गरे पनि नभेटिएपछि थप सुरक्षा टोलीसहित सुनकोशीमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले ¥यापबोट र ड्रोन क्यामेराबाट खोजी जारी राखेको छ । साथै, घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।