काठमाडौं –मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ।
आज सुन प्रतितोला ६ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला १३५ रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो।



























































