काठमाडौं – एनएमबि बैंक लिमिटेडले NAIMA Nepal Mobility Expo लाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधन (EV) खरिदका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले नयाँ विद्युतीय सवारी साधनका लागि आधार दर + ०.५ प्रतिशत ब्याजदरमा ‘इभी अटो कर्जा’ उपलब्ध गराउने जनाएको छ।
वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले आकर्षक तथा किफायती ब्याजदरमा यो कर्जा योजना ल्याएको हो।
बैंकका अनुसार सीमित अवधिका लागि उपलब्ध हुने उक्त कर्जा सुविधा नयाँ ईभी खरिद गर्ने ग्राहकले सरल र छिटो प्रक्रियाबाट प्राप्त गर्न सक्नेछन्। इच्छुक ग्राहकले एक्सपोमा रहेको स्टल नम्बर ०५ वा देशभर रहेका एनएमबि बैंकका शाखामार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन्।



























































