काठमाडौं – नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा सार्वजनिक गरेको नयाँ विद्युतीय एसयूभी प्रोटोन ई–मास ५ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को मुख्य आकर्षण बनेको छ।


ADVERTISEMENT


काठमाडौंको भृकुटीमण्डपमा अगस्ट ११ देखि १६ तारिखसम्म सञ्चालन भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रोटोन ई–मास ५ लाई प्रदर्शनीमा राखिएको छ। एक्स्पोको हल ‘बी’स्थित ए–६ स्टलमा राखिएको उक्त गाडी अवलोकन गर्न तथा बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ। सार्वजनिक भएदेखि नै गाडीप्रति ग्राहक तथा अटोमोबाइलप्रेमीको उल्लेख्य चासो देखिएको कम्पनीले जनाएको छ।


ADVERTISEMENT

# # #


प्रोटोन ई–मास ५ रियर–ह्विल ड्राइभ अर्थात् पछाडिका पांग्राबाट सञ्चालन हुने प्रविधिमा आधारित विद्युतीय गाडी हो। यसमा गाडीको तौललाई सन्तुलित रूपमा वितरण गरिएको छ। उत्कृष्ट सञ्चालन क्षमता, उच्च स्थिरता र सहज नियन्त्रणका कारण व्यस्त सहरी सडकदेखि राजमार्ग तथा नेपालको पहाडी सडकमा समेत सुरक्षित र सहज यात्रा गर्न सकिने कम्पनीको दाबी छ।

आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर तयार पारिएको यस गाडीमा सामान राख्नका लागि तीनवटा छुट्टाछुट्टै भण्डारण सुविधा छन्। अगाडिको भागमा ७० लिटर, सिटमुनि २८ लिटर र बीचको कन्सोलमा २० लिटर क्षमताको भण्डारण सुविधा उपलब्ध छ।

गाडीमा पछाडिको बहु–जोडी स्वतन्त्र निलम्बन प्रणाली, ३७५ लिटर क्षमताको सामान राख्ने स्थान तथा १४.६ इन्चको पूर्ण उच्च–गुणस्तरको प्रदर्शन पर्दा उपलब्ध छ। यसका साथै ३६० डिग्री क्यामेरा र गाडीको चिप्लिने अवस्था नियन्त्रण गर्ने विद्युतीय प्रणाली पनि राखिएको छ।

प्रोटोन ई–मास ५ मा ४.९५ मिटरको घुम्ने न्यूनतम दूरी, ६५ डिग्रीसम्म खुल्ने फराकिलो ढोका तथा गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिने भेहिकल–टु–लोड प्रविधि उपलब्ध छ।

यसको प्रिमियम संस्करणमा ८५ किलोवाट क्षमताको ११–इन–१ विद्युतीय मोटर तथा शक्ति प्रणाली राखिएको छ। साथै, ३६० डिग्री क्यामेरा लगायतका थप सुविधा उपलब्ध छन्।

प्रोटोन ई–मास ५ दुई संस्करणमा उपलब्ध छ। कम्पनीले यसको प्राइम संस्करणको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम संस्करणको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा प्रोटोन ई–मास ५ प्रति ग्राहकको चासो बढिरहेको कम्पनीले जनाएको छ। एक्स्पोमा आउने ग्राहक तथा विद्युतीय गाडीप्रेमीले गाडीको प्रत्यक्ष अवलोकन गर्नुका साथै यसको विशेषता र सञ्चालन क्षमताबारे जानकारी लिन तथा बुकिङ गर्न सक्नेछन्।