काठमाडौं –चेरी वान्डाले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विभिन्न क्षमताका विद्युतीय व्यावसायिक भ्यान सार्वजनिक प्रदर्शनमा राखेको छ।


ADVERTISEMENT


एक्स्पोको हल ‘डी’स्थित स्टल नम्बर १६ मा कम्पनीले ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शन गरेको छ। व्यावसायिक प्रयोजन, विद्यालय तथा कलेज र यात्रु ओसारपसारलाई लक्षित गरी तयार गरिएका यी भ्यानमा आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च शक्ति र राम्रो ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको कम्पनीले जनाएको छ।


ADVERTISEMENT

# # #


११ र १२ सिटे मोडलमा ४१.८६ किलोवाट–घण्टा ब्याट्री, ७० किलोवाट अधिकतम शक्ति र १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। यी मोडलले एकपटक पूर्ण चार्जमा ३०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

त्यस्तै, १४ सिटे मोडलमा ५३.५८ किलोवाट–घण्टा ब्याट्री, ८० किलोवाट अधिकतम शक्ति र २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। यसको रेन्ज पनि ३०० किलोमिटरसम्म रहेको जनाइएको छ।

१६ सिटे विद्युतीय मिनीबसमा ५३.५८ किलोवाट–घण्टा र ७० किलोवाट–घण्टा ब्याट्री विकल्प उपलब्ध छन्। मोडलअनुसार ८० किलोवाट वा १२० किलोवाट अधिकतम शक्ति र २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यसले २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।

विद्युतीय व्यावसायिक सवारीसाधनप्रति आकर्षण बढिरहेको अवस्थामा चेरी वान्डाका यी भ्यानले यात्रु तथा व्यावसायिक यातायातका लागि आधुनिक, आरामदायी र वातावरणमैत्री विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले व्यावसायिक विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि बिना धितो हायर पर्चेज सुविधा समेत उपलब्ध गराएको जनाएको छ। यस सुविधाले व्यवसायी तथा अन्य ग्राहकलाई विद्युतीय व्यावसायिक सवारीसाधन खरिद गर्न सहज हुने कम्पनीको विश्वास छ।

एक्स्पोमा आउने ग्राहकले चेरी वान्डाका विभिन्न विद्युतीय व्यावसायिक भ्यानको मोडल, विशेषता, रेन्ज तथा उपलब्ध वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।