काठमाडौं- नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार शेर बहादुर देउवालाई स्वागत गर्न बिमानस्थल पुगेका महतले सञ्चारकर्मीसंग कुरा गर्दै देउवाकै नेतृत्वमा पार्टीभित्र बृहत्तर एकता हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


 देउवालाई स्वागत गर्न देशभरिबाट पार्टीका शुभचिन्तक तथा समर्थकहरू स्वतःस्फूर्त रूपमा बिमानस्थल आएको उल्लेख गरेका छन्। अहिले  नआएका नेताहरू पनि केहिदिनभित्र आउने उनले बताएका छन् ।

देउवालाइ स्वागत गर्न डा. शशांक कोइराला, बिमलेन्द्र निधि लगाएत कांग्रेस संस्थापनइतर समूहका नेताहरु बिमानस्थल पुगेका हुन् ।