जाजरकोट- जाजरकोटको भेरी नगरपालिका–२ फारुल्लामा पहिरोमा पुरिएर बेपत्ता भएका आमा–छोराको शव आइतबार बिहान फेला परेको छ।


ADVERTISEMENT


शनिबार गएको पहिरोपछि बेपत्ता भएका उनीहरूको खोजीमा खटिएको सुरक्षाकर्मीको टोलीले पुरिएको अवस्थामा शव फेला पारेको हो।  पहिरोका कारण भेरी नगरपालिका–२ सहित आसपासका क्षेत्रमा मानवीय क्षति भएको छ। सोही वडाको चिसापानीमा शनिबार साँझ गएको अर्को पहिरोमा ७० वर्षीय भीमबहादुर कार्की अझै बेपत्ता छन्।


ADVERTISEMENT

# # #


पहिरोमा परी घाइते भएका ६ जनाको जाजरकोट र सुर्खेतका अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ५२ वर्षीया केदार कार्कीलाई उद्धार गरी नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ।

लगातारको पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा उद्धार तथा खोजी कार्यमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। जाजरकोटका डीएसपी बुद्धीसागर पुरीका अनुसार सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरी बेपत्ता व्यक्तिको खोजी जारी राखिएको छ।