काठमाडौं – नेपाल र भारतबीचको लामो समयदेखिको सैन्य सम्बन्धलाई निरन्तरता दिँदै भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज नेपाल भ्रमणमा आउँदैछन्।


ADVERTISEMENT


भारतीय सेनाको नेतृत्व सम्हालेपछि उनको यो पहिलो नेपाल भ्रमण हो। जनरल सेठको भ्रमणका क्रममा नेपाल–भारतबीचको सैन्य सहकार्य, आपसी हित र दुई देशका सेनाबीचको सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम छ।


ADVERTISEMENT

# # #


भ्रमणको मुख्य आकर्षण भने सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिनु हो। नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्काको देशको मानार्थ महारथीको सम्मान दिने परम्परा सन् १९५० देखि कायम छ।

यस परम्पराअनुसार भारतीय प्रधानसेनापति नेपाल आएर मानार्थ दर्जा ग्रहण गर्ने र नेपाली प्रधानसेनापति भारत भ्रमणमा जाने अभ्यास रहँदै आएको छ। नेपाली सेनाका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले पनि गत वर्ष भारतको मानार्थ महारथीको दर्जा प्राप्त गरेका थिए।

जनरल सेठले काठमाडौंमा रहँदा सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गर्ने तथा नेपाली सेनाको नेतृत्वसँग द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गर्ने तयारी छ।

भारतका तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि नेपाल भ्रमणमा आउने उनी उच्च तहका अधिकारीसमेत हुन्। त्यसैले उनको भ्रमणलाई दुई देशबीचको सुरक्षा तथा रक्षा सहकार्यको दृष्टिले समेत चासोका साथ हेरिएको छ।