काठमाडौं – खाना पकाउने ग्यासको सहज व्यवस्था गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


लामो समय देखिएको ग्यासको अभावका कारण विद्यार्थीहरु समस्यामा परेको भन्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले मंगलबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । उनीहरुले सरकारको नीतिका कारण ग्यासको अभाव भएको भन्दै तत्काल सहज रुपमा बिक्रि बितरणको व्यवस्था गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले खाली सिलिण्डरसहित नारावाजी गरेका थिए ।


ADVERTISEMENT

# # #


काठमाडौँमा अध्ययनरत विद्यार्थी तथा विपन्न वर्गले ग्यास अभावका कारण भोकभोकै बस्नुपर्ने, होटलमा गएर खाने आर्थिक क्षमता नहुने र गाडी भाडासमेत तिर्न नसक्ने गम्भीर समस्या भोग्नुपरेको विद्यार्थी मनोज भण्डारीले बताए । विगतमा डिलरहरूमार्फत सहज रूपमा वितरण हुँदै आएको ग्यासलाई सरकारले आफ्नै तवरबाट वितरण गर्न खोज्दा चरम अभाव, लाइन बस्नुपर्ने बाध्यता र समस्या सिर्जना भएको उहाले बताए ।

विद्यार्थीहरुले ग्यास लाइनको समस्या तत्काल समाधान गर्न र सर्वसाधारण एवं विद्यार्थीलाई राहत-सहुलियत दिन सरकारसँग माग गरेका छन् । उनीहरुले विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिण्डर होइन, किताव बोकेर पढ्ने की सिलिण्डर बोकेर लाइन बस्ने ? , नो लाइन भन्या हैन र सरकार, ग्यासमा किन यति लामो लाइन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।