बारा-  तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले जीतपुरसिमरामा आक्रोश चुलिएको छ। घटनाको विरोधमा स्थानीयले ग्रामीण सडकसहित यातायात ठप्प पारेका छन्।


ADVERTISEMENT


बालिकाको हत्याको विरोधमा जीतपुरसिमराका निजी तथा सामुदायिक विद्यालयसमेत बन्द भएका छन्। विद्यालयमा शोकसभा आयोजना गर्दै घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ।


ADVERTISEMENT

# # #


स्थानीयले गरिमाको खोजीका क्रममा प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीमाथि कारबाहीको मागसमेत अघि सारेका छन्।

घटनाप्रति आक्रोशित स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने र प्रहरीको भूमिकामाथि समेत अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

गरिमाको न्यायको माग गर्दै स्थानीय सडकमा उत्रिएपछि जीतपुरसिमराको जनजीवन प्रभावित बनेको छ।