काठमाडौँ-  युवापुस्तामाझ लोकप्रिय ई–स्पोर्ट्सको बढ्दो आकर्षणलाई लक्षित गर्दै ‘एक्स्ट्रिम २०२६ पीएमएनसी नेपाल फाइनल’ आयोजना हुने भएको छ। प्रतियोगिता भदौ ६ र ७ गते शनिबार र आइतबार काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ।


ADVERTISEMENT


आयोजकका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रवर्द्धन गरेको हो।


ADVERTISEMENT

# # #


‘रोड टु पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ। प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरसमेत पाउने आयोजकको विश्वास छ।

यसअघि पनि एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ। पछिल्लो समय कम्पनीले क्रिकेटलगायत विभिन्न खेलसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ।

दुईदिने प्रतियोगितामा उपाधिका लागि हुने रोमाञ्चक प्रतिस्पर्धासँगै नेपाली ई–स्पोर्ट्स प्रेमीका लागि यो कार्यक्रम विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। साथै, प्रतियोगिताबाट नेपाली पब्जी मोबाइल खेलाडी तथा टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।