काठमाडौं – एक्स्ट्रिम इनर्जी ड्रिङक्स कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुँने इंग्लिस प्रिमियर लिग इपीएल २०२६–२७ को टाइटल स्पोन्स बनेको छ ।
आज आयोजित एक कार्यक्रमबीच कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ नायब महाप्रबन्धक सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिङक्सका बिसनेस हेड सोनिया रानाले सम्झैता पत्रमा हस्ताक्षेर गरे ।
इपीएल लगातार दोस्रो सिजन कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुँन लागेको हो । खेलकुद गतिविधी प्रतयक्ष प्रसारणमा कान्तिपुर म्याक्सको योगदान र इपीएलको लकप्रियताका कारण यो सम्झैता गरिएको एक्स्ट्रिम इनर्जी ड्रिङक्सका बिसनेस हेड सोनिया रानाले बताइन् ।
युरोपको सवाधिक पलोकप्रीय फुटबल प्रतियोगिता ईपीएल विश्वकै सबैभन्दा बढी दर्शकले हेर्ने लिग समेत हो । प्रत्येक खेलमा औसत ४० हजारभन्दा बढी दर्शक रंगशालामा उपस्थित हुने गर्छन् भने विश्वव्यापी दर्शक संख्या औसतमा ४ दशमलब ७ बिलियन पुग्ने पर्छ ।
नेपालमा विशेष गरी युवा पुस्तामा ईपीएल अत्यन्तै लोकप्रिय छ र विभिन्न क्लबका आधिकारिक फ्यान क्लबहरूसमेत सक्रिय छन् । पछिल्लो सिजन आर्सनलले उपाधि जितेको थियो । इपीएल २०२६–२७ शुत्रबार रातिबाट सुरु हुँदै छ । सिजनको पहिलो खेलमा सविक विजेता आर्सनलले यसै सिजन बढुवा भएको कोभेन्ट्री सिटीको सामना गर्ने छ ।





























































